Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • तत्काल परीक्षा सञ्चालन नगराउन निर्देशन

    तत्काल परीक्षा सञ्चालन नगराउन निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल परीक्षा सञ्चालन नगराउन संघीय सांसदकाे प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ।समितिको बुधबार बसेको समितिकाे बैठकले यस्ताे निर्देशन दिएकाे हाे।

    समितिले मुलुकभर कोरोना संक्रमणको आंकलन नगरी सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न/नगराउने व्यवस्था गर्नका लागि शिक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।



    यद्यपि उनीहरुले अनलाइनमार्फत शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया गरी सिर्जनशील बनाउन सिकाउने, बालबालिकालाई व्यस्त बनाउन सकिने धारणा व्यक्त गरेका थिए। बैठकले कोरोना संक्रमणका कारण एसईई, कक्षा ११ र कक्षा १२ का परीक्षा सञ्चालन हुने अवस्था नदेखिएको निष्कर्ष निकाल्दै तत्काल परीक्षा सञ्चालन नगराउनसमेत निर्देशन दिएको छ।



    बैठकले सम्बन्धित विज्ञसँग आवश्यक परामर्श र छलफल गरी विद्यार्थीको भर्ना, पठनपाठन र परीक्षा सञ्चालन गर्नेबारेमा विस्तृत खाका बनाउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार