Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संसदीय समितिकाे निर्देशन: तत्काल विद्यार्थी भर्ना र औपचारिक पठनपाठन नगराउनु

    संसदीय समितिकाे निर्देशन: तत्काल विद्यार्थी भर्ना र औपचारिक पठनपाठन नगराउनु

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन संघीय सांसदकाे प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ।समितिको बुधबार बसेको समितिकाे बैठकले यस्ताे निर्देशन दिएकाे हाे।

    समितिले मुलुकभर कोरोना संक्रमणको आंकलन नगरी सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न/नगराउने व्यवस्था गर्नका लागि शिक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।



    बैठकमा सांसदले केही निजी विद्यालयले विद्यार्थी भर्ना लिन सुरु गरेको, शुल्क लिन थालेको भन्ने गुनासो सुनिएकाले यसलाई तत्काल रोक्नुपर्ने बताएका थिए। साथै उनीहरुले मुलुकका सबै क्षेत्रमा सूचना प्रविधिको पँहुच नपुगेको र सबै विद्यार्थीको आर्थिक हैसियत पनि नपुग्ने भन्दै अनलाइन कक्षामार्फत पठनपाठन सुरु गरे विद्यार्थीमाथि पक्षपात व्यवहार हुने विचार व्यक्त गरेका थिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार