Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • स्राेत नखुलेकाे लाखाै रूपैयाँसहित फेरि पक्राउ परे दुई भारतीय

    स्राेत नखुलेकाे लाखाै रूपैयाँसहित फेरि पक्राउ परे दुई भारतीय

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । स्राेत नखुलेकाे लाखाै रूपैयाँसहित फेरि दुई भारतीय पक्राउ परेका छन्। सशस्त्र प्रहरीले सुरक्षा जाँचको क्रममा सर्लाहीको मलंगवाबाट भारतीय नागरिक ४२ वर्षीय रामललित मण्डल र ३३ वर्षीय निरज कुमारलाई प्रहरीले पक्राउ गरेको हाे । ती भारतीय नागरिकलाई १७ लाख ९० हजार नेपाली रुपैयाँसहित पक्राउ प्रहरीले गरेको हाे ।

    धान बोकेर नेपाल प्रवेश गरेको बी आर ३० बीए २४५८ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरिएको हो । ट्रक चालक मण्डल र सहचालक कुमारलाई प्रहरीले विशेष सूचनाकाे अाधारमा पक्राउ गरेको हाे ।



    ट्रकको क्याबिनको सिट मुनि पैसा लुकाएर ल्याएको अवस्थामा पैसा बरामद गरिएको छ । यसअघि मंगलबार पनि मोरंगको रानीबाट २ भारतीय नागरिकलाई १ करोड ९ लाख ७९ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको थियो । सशस्त्र प्रहरी प्रवक्त डीआईजी प्रविणकुमार श्रेष्ठले भारतसँग जोडिएका नाका हुँदै भित्रिने मालवाहक सवारी साधनमा थप सुरक्षा जाँच बढाउन निर्देशन दिइएको बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार