Online Nepal
  • मंगलबार, १० असार २०८२
  • कैलालीमा ठूलो परिमाणमा मदिरा बरामद

    कैलालीमा ठूलो परिमाणमा मदिरा बरामद

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.4K
    SHARES

    टीकापुर । कैलालीमा ठूलो परिमाणमा मदिरा बरामद भएकाे छ । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न वडाबाट मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

    उनका अनुसार प्रहरीले गस्ती गर्दै जाने क्रममा बेवारिसे अवस्थामा फेला पारेको सिल प्याक एक हजार २६२ बोतल र छ हजार ८०० लिटर घरेलु मदिरा बरामद गरिएको हाे।



    टीकापुर नगरपालिका नगरप्रमुख, इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख, टीकापुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीलगायतको रोहबरमा बुधबार बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक भट्टले बताए । बरामद गरिएको सिल प्याक मदिरा भने नियमानुसार करदाता सेवा कार्यालय लम्की कैलालीमा पठाइएको उनले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार