Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनमा तातोपानी नाकाबाट धमाधम सुन तस्करी !

    लकडाउनमा तातोपानी नाकाबाट धमाधम सुन तस्करी !

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 5.5K
    SHARES

    सिन्धुपाल्चोक । नेपाल सरकारले नोवेल कोरोना (कोभिड–१९) को संक्रमण रोक्नका लागि भन्दै चैत ११ गतेदेखि नै लकडाउन गरिरहेको छ ।

    आज बसेको मन्त्री परिषद् बैठकले जेठ ५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरिससकेको छ ।



    तर, यहि लकडाउनका बेला तातोपानी नाकाबाट भने धमाधम सुन तस्करी भइरहेको छ ।



    लकडाउनका बेला सहज आयात हुनुपर्नेमा तातोपानी नाकाबाट सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी भइरहेको छ ।

    नेकपाका नेता तथा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाको संरक्षण पाएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेको भन्दै स्थानीयले अवरोधसमेत गरेका थिए ।

    तर, शेर्पाले स्थानीय प्रहरी, प्रशासनलाई प्रभावमा पारेर सिल्क ट्रान्सपोर्टले अवैध सुन समेत सेटिङमा ल्याएको चर्चा हुन थालेको छ ।

    अहिले नेपाल आइरहेको सामान सबै सिल्क ट्रान्सपोर्टले ल्याइरहेको छ । चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केही नेपालीको आधा लगानी रहेको सो ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनर छन् ।

    अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै यही कम्पनीको एकलौटी छ । कन्टेनरहरु अहिले रातारात नेपालतर्फ सामान ल्याउन प्रहरीकै स्कर्टीङमा लागिपरेका छन् ।

    लकडाउनका बेला अत्यावश्यक र आवश्यक सामान ल्याउन सरकारले छुट दिएको अवसरको फाइदा उठाउँदै सुनको तस्करी व्यापक भइरहेको स्रोतको दावी छ।

    साविक गाती गाविसका रमेश बाह्रविसे नगरका मेयर तथा सिन्धुपाल्चोक नेकपा नेता निमफुन्जो शेर्पाका भान्जा हुन् ।

    सामान्य ब्यवसायी रमेशको अहिले काठमाडौ जोरपाटीमा तीन रोपनी जग्गामा आलिशान महल छ । महलभित्रै स्वीमिङपुल रहेको घरमा भूमिगत गोदाम रहेको शंका गर्नेहरु धेरै छन् ।

    भोटेकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भइरहेको हिमरिभर हाइड्रोमा दश करोडको शेयर लगानी गरेका शेर्पाको अबैध ब्यवसायका कारण करोडौंको आम्दानी भएको उनको निकटहरु बताउँछन् ।

    आफ्नो भिनाजूलाई साथ लिएर काम गर्ने रमेशले मामा नाता पर्ने बाह्रवीसे नगरपालिकाको मेयर निमफुञ्जो शेर्पालाई चुनावमा तीन करोड रुपैयाँ सहयोग गरेको समाचारले त्यतिबेला नै चर्चा पाएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार