Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • वडा कार्यालयकाे यस्ताे सूचनाले नागरिककाे अधिकार हनन

    वडा कार्यालयकाे यस्ताे सूचनाले नागरिककाे अधिकार हनन

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 3.7K
    SHARES

    काभ्रे । काभ्रेको पनौती नगरपालिका, वडा नम्बर ७ ले आफ्ना वडाका घर नेवार समुदायका व्यक्तिलाई बाहेक अरुलाई बेचबिखनका लागि सिफारिस नगर्ने निर्णय गरेको छ।

    मंगलबार गरिएको सो निर्णय विभेदकारी भएको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको छ। पनौती नगरपालिका वडा नम्बर ७ को लेटरप्याडमा सूचना आएपछि समाजिक संजालमा विभिन्न टिकाटिप्पणी सुरू भएकाे छ। सूचनामा अध्यक्ष रामचन्द्र नास्नानीले सहि गरेका छन् । वडा अध्यक्षको छाप पनि लगाइएको छ ।



    सो वडाले जारी गरेको सूचनामा धर्म, संस्कृति र पुरातात्विक सम्पदा जोगाउन नेवार जाति बाहेक अन्य जातिलाई घर बेचविखन गर्न वडा कार्यालयले सिफारिस नगर्ने उल्लेख छ।



    नेपालको संविधानले जातियताका आधारमा भेदभाव गर्न नपाउने र नागरिकले देशको कुनै पनि स्थानमा जग्गा विक्रीवितरण गर्न पाउने अधिकार भएकाले वडाको पत्र विवादित बनेको हो।

    ‘हामीले गर्न खोजेको संस्कृति जोगाउन हो, तर विभिन्न टिकाटिप्पणी आएका हुनाले फेरि छलफल गर्दै छौँ,’ उनले भने। नेवार जातिको बाहुल्य रहेको पनौतीको यस वडाभित्र पुरानो बजार क्षेत्रहरु पर्छ। यहाँ विभिन्न जात्रा तथा पर्व मनाइन्छ।

    ‘जुन आरोपहरु आइरहेको छ, यस्तो केही होइन। सम्पदा जोगाउन नेवारहरुले जात्रा यताउता चलाउन अलि कठिनाइ भएको हुनाले हामीले यस्तो गर्न खोजेको हो, उनले भने।

    तर वडाको यो निर्णय संविधान विपरित रहेको छ । संविधानको धारा २५ मा उल्लेख गरिएको सम्पत्तिको हक विपरित रहेको छ । वडा कार्यालयले संविधान विपरित निर्णय गरेपछि यसको चौतर्फी विरोध शुरु भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार