Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कञ्चनपुरमा पड्कियाे बिस्फोटक पदार्थ, एक बालक घाइते

    कञ्चनपुरमा पड्कियाे बिस्फोटक पदार्थ, एक बालक घाइते

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2K
    SHARES

    महेन्द्रनगर । कञ्चनपुरमा बिस्फोटक पदार्थ पड्किँदा १ जना बालक घाइते भएका छन् । महाकाली नगरपालिकामा बिस्फोटक पदार्थ पड्किँदा १ वडा नम्बर ३ दोधाराका ९ वर्षीय बालक महेन्द्र नेपाली घाइते भएका हुन् ।

    नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले छिमेकी गाउँ शान्तिटोलको पटेराघारीमा भेटिएको शंकास्पद बस्तु खेलाउने क्रममा विस्फोट हुँदा ती ९ वर्षीय नेपाली घाइते भएकाे जानकारी दिए ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले उक्त बस्तु बम नभइ सानो खालको विस्फोटक बस्तु भएको बताए ।



    सिजालीका अनुसार नेपालीको दुवै हातमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको सिजालीले बताए । बिस्फोटक पदार्थ पड्किएको ठाउँमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार