काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संकरमणको त्रास जारी रहँदा त्यसकाे राेकथाम तथा नियन्त्रणकाे लागि सरकारले सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हाे ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो । बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ।
Leave a Reply