Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पेट्रोलमा कालोबजारी गर्ने पक्राउ

    पेट्रोलमा कालोबजारी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 1.3K
    SHARES

    फाइल फोटो

    पाँचथर। पाँचथरमा पेट्रोलमा कालोबजारी गर्ने एक ब्यक्ति पक्राउ परेका छन्। कालोबजारी गरी पेट्रोल लुकाएर विक्री गर्ने गरेकाे अवस्थामा फिदिम नगरपालिका वडा नम्बर ३ स्थित सुम्निमा चोकबाट शेर्पा किराना पसलका छिरिङ शेर्पा पक्राउ परेका छन् ।

    सहायक प्रमूख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको आपुर्ती व्यवस्था तथा अनुगमन समितिले फिदिम ३ सुम्निमा चोकबाट पक्राउ गरेको हो । सुम्निमा चोकमा व्यवसाय गर्दै आएका शेर्पाले पेट्रोल लुकाएर १ सय ३० रुपैंया सम्ममा विक्री गर्दै आएको गुनासो समिती मार्फत आएको थियो ।



    उक्त गुनासोका आधारमा उनको पसल छापा मार्दा १ सय लिटर वढि पेट्रोल लुकाएको पाइएकाले पेट्रोल जफत गरिएको र उनलाई पक्राउ गरिएको सहायक प्रजिअ निर्मल तुम्रोकले जानकारी दिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार