Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आइसोलेसनमा उपचाररत ६० वर्षीया महिलाको मृत्यु

    आइसोलेसनमा उपचाररत ६० वर्षीया महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    चितवन  । भरतपुरको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)  आइसोलेसनमा उपचाररत ६० वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना भाइरस  परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको छ ।

    रुपन्देहीको देवदह नगरपालिका–१२, खैरनीकी उमादेवी विकको उपचारको क्रममा मंगलबार राति ९ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो । उनी मंगलवार नै दिउँसो करिब ३ बजेतिर अस्पताल भर्ना भएकी अस्पतालले जनाएको छ । विकको ज्वरो, स्वासप्रश्वास र उच्च रक्तचाप लगायतको समस्या रहेको अस्पतालले जनाएको छ ।



    उनको मृत्यु भएसँगै शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ भने उनको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको छ । महिलाको मृत्युबारे अस्पतालको आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन।



    यसअघि पनि भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार