Online Nepal
  • शनिबार, ७ असार २०८२
  • व्यवसायी मुन्डरा धराैटी बुझाएर रिहा

    व्यवसायी मुन्डरा धराैटी बुझाएर रिहा

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    उदयपुर । व्यवसायी पवन मुन्डरा थुनामुक्त भएका छन् । म्याद गुज्रिएकाे मैदा बेचेकाे आरोपमा पक्राउ परेका व्यवसायी पवन मुन्डरा ३ लाख धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।

    बजार अनुगमन टाेलीले लहान-५ मा रहेकाे मुन्डाराकाे गाेदामबाट ट्रकमा लाेड गरिरहेकाे अवस्थामा म्याद गुज्रिएकाे १४ सय किलाे मैदा फेला पारेपछि २१ वैशाखमा उनी पक्राउ परेका थिए ।



    उनै मुन्डरा जिल्ला प्रशासन कार्यालय सिरहामा ३ लाख रूपैयाँ धराैटी बुझाएर छुटेका हुन् ।

    वीरगन्ज खाद्य उद्योग प्रालि परवानीपुर पर्सा नेपालकाे राजहंस ब्रान्ड उच्चस्तरको तथा आधुनिक मेसिनबाट उत्पादित भनिएको मैदा तीन महिना पहिले म्याद गुज्रिएको पाइएकाे थियाे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार