Online Nepal
  • सोमबार, ९ असार २०८२
  • लकडाउन थप गर्न उच्चस्तरीय समितिको सिफारिस

    लकडाउन थप गर्न उच्चस्तरीय समितिको सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २३ बैशाख २०७७
  • 3.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप गर्न सिफारिस गरेको छ ।

    समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको हो ।



    संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप गर्नु पर्ने सुझाव दिएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने–‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ ।’

    यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि पर्सिबाट सकिंदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार