Online Nepal
  • सोमबार, ९ असार २०८२
  • लकडाउन खुकुलो नबनाउन काठमाडौं, ललितपुर र भक्तपुरका मेयरहरुको माग

    लकडाउन खुकुलो नबनाउन काठमाडौं, ललितपुर र भक्तपुरका मेयरहरुको माग

    अनलाइन नेपाल
  • मंगलबार, २३ बैशाख २०७७
  • 3K
    SHARES

    काठमाडौं । उपत्यकामा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढ्दै गएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका मेयरहरूले उपत्यकालाई शिल गर्न आग्रह गरेका छन् ।

    बाहिरबाट मानिसहरूलाई उपत्यका भित्र आउन बन्द गर्नु पर्ने माग उनीहरुले लकडाउन खुकुलो बनाउन नहुने तर्क गरेका हुन् ।



    काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्रीसमेत रहेका कोभिड(१९ नियन्त्रण एवं रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

    सोमबार उपप्रधानमन्त्री पोखरेललाई भेटेर लकडाउन कडा बनाउन माग गरेका मेयरहरुसँगै सांसदद्वय कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठ पनि उपस्थित थिए ।

    चैतै ११ गतेबाट गरिएको लकडाउन वैशाख २५ गतेदेखि सकिँदैछ। थप गर्नेबारे अहिलेसम्म निर्णय भएको छैन। लकडाउन खुकुलो बनाउनुपर्छ भन्ने आवाज उठीरहेका बेला मेयरहरुले भने थप कडा बनाउन माग गरेका हुन् ।

    मेयरहरुले उपत्यकाभित्र आन्तरिक आउजाउमात्रै गर्न दिँदा राम्रो हुने भन्दै बाहिरी जिल्लाका मानिस आउन दिने र यताबाट पनि बाहिर मानिस जान दिन नहुने बताएका हुन् ।

    उपत्यकामा लकडाउन खुकुलो गरियो भने उपत्यकाभित्र कोरोना संक्रमण फैलन सक्ने मेयरहरूको भनाइ थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार