Online Nepal
  • मंगलबार, १० असार २०८२
  • फ्रान्समा कोरोनाले मृत्यु हुनेको संख्या २५ हजार नाघ्यो

    फ्रान्समा कोरोनाले मृत्यु हुनेको संख्या २५ हजार नाघ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २३ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०६ जनाको मृत्यु भएको छ भने ७६९ जना संक्रमित थपिएका छन् ।

    फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २०१ पुगेको छ भने संक्रमित संख्या १ लाख ६९ हजार ४६२ पुगेको छ ।



    ९२ हजार ८९० जनाको उपचार भइरहेकोमा ३ हजार ६९६ जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएका ५१ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार