Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • अमेरिकामा कोरोनाले ६९ हजार बढीकाे संक्रमित

    अमेरिकामा कोरोनाले ६९ हजार बढीकाे संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २३ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिकामा १२ लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् ।

    कोरोनाकै कारण ६९ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार ११२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ।



    पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७१७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ११ हजार ८३९ पुगेको छ ।

    अमेरिकामा संक्रमितमध्ये १ लाख ८७ हजार २५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५५ हजार १०५ जनामध्ये १६ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ।

    चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार