Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • सीमामा खटिएका असईको मृत्यु

    सीमामा खटिएका असईको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २३ बैशाख २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    राजविराज । सशस्त्र प्रहरीका एक सहायक निरीक्षक (असई) को बेहोस भएर मृत्यु भएको छ। सीमामा खटिएको बेला बेहोस भएर उनकाे मृत्यु भएको हाे।

    भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका-९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको हो।



    उनी ड्यूटीमा खटिएकै बखत उनको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले जानकारी दिए। उनका अनुसार कार्की ड्यूटि गरिरहेकै अवस्थामा बेहोस भएको र तत्कालै उनको मृत्यु भएको हो। ‘अन्य कारण अहिले खुल्न सकेको छै’ उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ।’

    मृतक कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार