काठमाडौं । लगातर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि सबै नाका एक हप्तासम्म सिल गर्ने निर्णय गरेको छ ।
प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो ।
प्रदेश ५ को नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित जोखिम रोक्न नाका सिल गरेको गर्ने निर्णय गरिएको हो ।
प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने पनि बैठकले निर्णय गरेको छ ।
Leave a Reply