Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोरोना संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा कर्फ्यू घोषणा

    कोरोना संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा कर्फ्यू घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 3.4K
    SHARES

    बाँके । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले  नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको छ ।कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ ।

    बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म  लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने निर्णय भएको छ ।



    कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय बन्द गर्ने निर्णय भएको छ । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।



     संक्रमितको संख्या बढेपछि बाँकेका संघीय सांसदहरूले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर बाँकेमा कोरोना परीक्षण किट पठाउन, उपकरण र प्राविधिक टोली पठाउन र नेपालगन्जवासीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेका छन् ।

    त्यस्तै बाँकेको खजुरा गाउँपालिकाले सबै नाकाहरू बन्द गरेको छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार