Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोरोना अपडेटः विश्वभर २ लाख ४८ हजारको मृत्यु, मृत्युदरमा सामान्य गिरावट

    कोरोना अपडेटः विश्वभर २ लाख ४८ हजारको मृत्यु, मृत्युदरमा सामान्य गिरावट

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.2K
    SHARES

    जेनेभा। कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ३ हजार ४८१ जनाको मृत्यु भएको छ । अघिल्लो दिन २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको थियो ।



    कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा १७४, स्पेनमा १६४, फ्रान्समा १३५ र बेलायतमा ३१५ जनाको ज्यान गएको छ ।



    संयुक्तराज्य अमेरिकामा पनि मृत्युदरमा कमी आएर १ हजार १५४ जनाको मृत्यु भएको छ । अघिल्लो यहाँ १ हजार ६९१ जनाको मृत्यु भएको थियो । (रासस–एएफपी

    कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार