Online Nepal
  • सोमबार, ९ असार २०८२
  • काेराेना महामारी: ७७ जिल्लाकाे यस्ताे छ वर्गिकरण

    काेराेना महामारी: ७७ जिल्लाकाे यस्ताे छ वर्गिकरण

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 5.2K
    SHARES

    काठमाडाैं । चीनबाट सुरू भइ विश्वभर फैलिएकाे काेराेना भाइरस (कोभिड-१९) संक्रमण देखिएका विभिन्न जिल्लाहरूलाई सरकारले रेड जोनमा राखेको छ । सरकारले काेराेना संक्रमण जोखिमका आधारमा उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो गरी ३ क्षेत्रमा ७७ जिल्लालाई छुट्याइएको छ ।

    कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय-सुझावमा रातो क्षेत्रमा पर्ने जिल्लाभित्र रहेका मुख्य संक्रमित स्थानलाई हट स्पट तोकेर पूर्ण लकडाउन पालना गर्ने र त्यस्ता हट स्पटलाई पूर्ण रूपमा सिलबन्दी गर्नुपर्ने उल्लेख छ ।



    स्रोतका अनुसार २९ जिल्लालाई रातो, २८ जिल्लालाई पहेंलो र २० जिल्लालाई हरियो क्षेत्रमा छुट्याइएको छ । भारतसँग सिमा जोडिएका सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीलाई रेड जोनमा राखिएको छ । सरकारले थप १५ दिनसम्म लकडाउन लम्ब्याउने र अन्य जिल्लामा आंशिक खोल्ने गरी आन्तरिक छलफल अगाडि बढाएको छ ।

    पहेंलो क्षेत्रमा पर्ने जिल्लामा आंशिक लकडाउन जारी राख्ने तर रातो क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निषेध गर्नुपर्ने सुझाव दिइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार