Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • कैलालीमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ

    कैलालीमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.1K
    SHARES

    धनगढी । कैलालीमा कटुवा पेस्तोल सहित ३ जना पक्राउ परेका छन ।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका १२ का २० बर्षिए अबिनाश थापा,सोही ठाँउका २० बर्षकै नब्बु भन्ने नबराज बराईली र सोही ठाँउकै २५ बर्षिए बिनोद कुँवर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए ।



    धनगढी उपमहानगरपालिका वडा नम्बर ७ जोख्खरतालमा केहि व्यक्ति संग हातहतियार भन्ने सुचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले पक्राउ गरेको हो ।

    आरआईटीका प्रहरी नायब निरीक्षक केशव जोशी नेतृत्वको समूहले पक्राउ गरेका तीनैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार