Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संसदको महासचिवमा गौतमको नाम सिफारिस

    संसदको महासचिवमा गौतमको नाम सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौं– संघीय संसदको महासचिवमा डा.भरतराज गौतमको नाम सिफारिस भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार गौतमलाई महासचिवमा सिफारिस गरेका हुन् ।

    मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले २ चैतमा गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। तर, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आफूसँग परामर्श नगरी कार्यवाहक दिएको भन्दै सभामुखसमक्ष असन्तुष्टि जनाएका थिए ।



    गौतमलाई महासचिव नियुक्त गर्नका लागि सभामुख र अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए ।



    राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार