Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • १० हजार मानिस भित्रिदा पाँच सयको मात्र परीक्षण

    १० हजार मानिस भित्रिदा पाँच सयको मात्र परीक्षण

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 1.8K
    SHARES

    जाजरकोट । देशभर जारी लकडाउनकै अवधिमा करिव १० हजार मानिस जाजरकोटमा भित्रिएका छन् । तर हालसम्म पाँच सय जनाको मात्र द्रुत परीक्षण (आरडिटी) गरिएको छ । किट अभावमा अन्यको परीक्षण हुन नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

    प्रदेश सरकारले पठाएका पाँच सय आरडिटी किट परीक्षण गर्दा सबैको रिर्पोर्ट नेगेटिभ आएको छ तर धेरै संकास्पदको परीक्षण नहुँदा त्रास बढेको छ । बाँकेमा संक्रमितको संख्या बढ्दै गएपछि जाजरकोटमा समेत त्रास बढेको हो ।



    नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसको हाताभित्र रहेको क्वारेन्टाइनबाट ११ जना भागेर जाजरकोटमा आएका थिए । जिल्लाको भेरी नगरपालिका वडा नम्बर ११ का उनीहरु मजदुरीका लागि केही समयअघि कालापार(भारत) गएका थिए ।



    बाँकेमा संक्रमित भएका एक जना सोही क्वारेन्टाइनबाट भागेको भन्ने समाचारले जाजरकोटबासीलाई थप त्रसित बनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार