Online Nepal
  • शनिबार, ३१ जेष्ठ २०८२
  • महिलामाथि अभद्र व्यवहार गर्ने पक्राउ

    महिलामाथि अभद्र व्यवहार गर्ने पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.4K
    SHARES

    बैतडी । बैतडी प्रहरीले मादक पदार्थ सेवन गरी क्वारेन्टाइनमा गएर अभद्र व्यवहार गर्ने एकजनालाई पक्राउ गरेको छ । पुर्चौंडी नगरपालिका ३ स्थित गौरीकन्या मन्तोला क्वारेन्टाइनमा गएर वडा महिला सदस्यमाथि अभद्र व्यवहार गर्ने सोही ठाउँका ३६ वर्षीय नरेन्द्र बोहरा पक्राउ परेका हुन्।

    इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले आइतबार क्वारेन्टाइनमै गएर वडा महिला सदस्य काली बोहरामाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेका नरेन्द्रलाई पक्राउ गरिएको बताए । उनले भने, ुक्वारेन्टाइनमा गएर मादक पदार्थ सेवन गरेका नरेन्द्रले महिला वडा सदस्यमाथि गालीगलौजसहित दुव्यर्वहार गरेको जाहेरी आएको छ । सोही जाहेरीको आधारमा हामीले नरेन्द्रलाई पक्राउ गरेका छौं।ु



    पक्राउ परेका बोहरामाथि अभद्र व्यवहार कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धानको तयारी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बोहरालाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार