Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी रुपमा सञ्चालनमा

    अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी रुपमा सञ्चालनमा

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.3K
    SHARES

    मुग्लिन । चितवनको अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी रुपमा सञ्चालनमा आएको छ । सडक खण्डमा बर्षाको कारण  पहिरो आई रुख समेत ढली बाटो पूर्ण रुपमा  अवरोध भएको थियो। अहिले दिउसो  उक्त सडक खण्ड दुईतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोईरालाले जानकारी दिए ।

    गएराती देखि अविरल वर्षाका कारण  नारायणगढ–मुग्लिन सडक अन्तरगत पर्ने इच्छाकामना गाउपालिका ६ जलबिरेमा आज बिहान १० : २० बजे गएको पहिरोका कारण राजमार्ग दुइतर्फी रुपमा अवरुद्ध भएको थियो।



    पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका थिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार