Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चितवनमा विषाक्त च्याउ खाँदा १२ जना बिरामी, तीनको अवस्था गम्भीर

    चितवनमा विषाक्त च्याउ खाँदा १२ जना बिरामी, तीनको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 4.3K
    SHARES

    चितवन । चितवनमा विषाक्त च्याउ खाँदा भिन्दाभिन्दै दुई गाउँका १२ जना बिरामी भएका छन् । बिरामीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जुगेडीका एकजना र पदमपुरका दुईजनाको अवस्था गम्भीर रहेको छ । शनिबार राति च्याउको तरकारी पकाएर खाएका जुगेडीका पाँचजना बिरामी भएपछि भरतपुर अस्पताल लगिएको थियो ।

    त्यसैगरी कालिका–३ का वडाध्यक्ष टिकाराम रिजालका अनुसार आइतबार जंगलबाट ल्याएको च्याउ पकाएर खाएका एकै परिवारका सातजना बिरामी भएर उपचारका लागि भरतपुर गएका छन् ।



    चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार जुगेडीका पाँचजनाको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ । चिकित्सक डा.महेन्द्र अग्रहरीका अनुसार सातजनामध्ये दुईजनाको अवस्था अलि गम्भीर र बाँकी पाँचजनाको अवस्था सामान्य छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार