Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • शसस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद

    शसस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 3.3K
    SHARES

    चितवन।  सशस्त्र प्रहरी बल ३ नम्बर गण गढीमाई बाहिनी मुख्यालय¸ मकवानपुरको टोलीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरी नष्ट गरेको छ।

    पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १० कोराकबाट अन्दाजी ५३ केजी लागूऔषध गाँजा वरामद गरेको गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रम्हचार्यले जानकारी दिए ।



    शसस्त्र प्रहरीको ३ नम्बर गढीमाई बाहिनीबाट प्रसनि तुलसी गिरीको कमाण्डमा खटिएको मोबाईल गस्ति टोलीले ४ बटा वोरामा प्याक गरेको वेवारीसे अवस्थामा राखेको अन्दाजी ५३ केजी लागुऔाषध गाजा फेला पारेको बताए ।



    वरामद गाँजा  आवश्यक कानुनी प्रकृया पुरा गरि चितवन प्रहरीलाई बुझाएको बाहिनीले जनाएको छ ।

    सशस्त्र प्रहरी गढीमाई बाहिनीबाट वागमती प्रदेश अन्र्तगतका पहाडी क्षेत्रमा रहेको सो गाउँमा पटक–पटक गाँजा वरामद गरी नष्ट गर्दै आएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार