Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ

    जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    सर्लाही । सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन । वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् हो ।

    पक्राउ पर्नेमा वाग्मती नगरपालिका–४ का चन्द्रबहादुर ब्लोन, नगरपालिका–२ का सन्देश मोक्तान र त्यही वडाका भीमबहादुर डिमडुम रहेका छन् । आइतबार दिउँसो जङ्गली वन्यजन्तु मार्न पासो थाप्दै गरेको अवस्थामा सव डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको सशस्त्र वन रक्षकको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।



    वन रक्षक टोलीलाई देखेर अन्य शिकारी भागेका छन् । सशस्त्र वन रक्षक टोलीले घटनास्थलबाट ठूलो परिमाणमा वन्यजन्तु मार्न प्रयोग गरिने पासो र बा ७० प ३५७८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मूर्तियामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।



    लकडाउनको समयमा सर्लाहीको जङ्गलमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको स्थानीयवासीले जनाएका छन् । केही दिनअघि मात्र वन्यजन्तु मार्न हानेको भरुवा बन्दुकको गोली लागेर मूर्तिया जङ्गलमा दुई जना घाइते भएका थिए ।रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार