Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • राेकिएन ट्युबबाट महाकाली तरेर आउने क्रम

    राेकिएन ट्युबबाट महाकाली तरेर आउने क्रम

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.2K
    SHARES

    फाइल : तस्बिर

    दार्चुला । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड‐१९ कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण भारतका विभिन्न ठाउँमा आएर बाटोमै अलपत्र परेका नेपालीहरु दैनिक जसो महाकाली नदि तरेर नेपाल आउने क्रम जारी छ ।

    भारतमा मजदुरी गरेर नेपालको दार्चुला, बैतडी, बझाङ, बाजुरा ,डडेल्धुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर, बाके,सुर्खेत,कालिकोट  र बर्दियाका नेपालीहरु दार्चुलाको नाका हुँदै नेपाल भित्रिरहेका छन्।



    सवारीका साधन बन्द भएपछि पैदल हिडेरै दार्चुलाको नाकामा पुगेका उनीहरुलाई पुलमार्फत प्रवेश नदिएपछि कोही महाकाली नदिमा पौडेर नेपाल प्रवेश गरिरहेका भने कसैलाई भारतीयले ट्युबमार्फत नदी तारी नेपाल प्रवेश गराइरहेका छन् ।



    यसैबीच कोरोनाको जोखिम बढेको भन्दै बैतडीको भारतसँग सीमा जोडिएका घाटहरू बन्द भएको एक महिना बढी भइसकेको छ। बैसठ्ठी किलोमिटर सीमा क्षेत्रमा सुरक्षार्थ सशस्त्र प्रहरीसमेत खटाइएको छ तर पनि विभिन्न ठाउँबाट ट्युबबाट महाकाली तरेर आउने क्रम अझै रोकिएको छैन।

    शनिबार मात्रै महाकाली नदी तरेर शिवनाथ गाउँपालिकाका १० भन्दा बढी नागरिक भित्रिएका छन्। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ। महाकाली नदीमा ट्युबमार्फत आउने मानिस लुकेर आउँदै सिधै घरमा गएर बसेका हुनसक्ने भएकाले प्रहरीले भारतबाट आएकाहरु खोजी गर्ने कार्य भने तीव्र पारेको छ।  भारतमा कोरोना संक्रमण फैलिरहेका बेला भारतबाट नेपाल प्रवेश गर्नेहरु सामान्य चेकजाँच नै नगरी गाउँतिर पस्नु ठूलो जोखिम रहेको  छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार