Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउन फेरि थप्ने तयारी, संक्रमित भेटिएकाे क्षेत्रमा विशेष निगरानी

    लकडाउन फेरि थप्ने तयारी, संक्रमित भेटिएकाे क्षेत्रमा विशेष निगरानी

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको म्याद फेरि थप्ने तयारी भइरहेकाे छ । पछिल्लो पटक वैशाख २५ गतेसम्म बढाइएको लकडाउनको म्याद फेरि पनि करिब २ हप्ताका लागि थप्न लागिएको हो ।

    गृह मन्त्रालयका एक अधिकारीले आगामी जेठ १० गतेसम्म लकडाउन बढाउनका लागि सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए । पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने गरी म्याद थप गर्ने तयारी भइरहेको गृह मन्त्रालयका ती अधिकारीको भनाइ छ ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक अधिकारीका अनुसार आइतबार बसेको मन्त्रिपरिषद बैठकमा समेत लकडाउनका विषयमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गराउन गृहमन्त्री रामबहादुर थापा (बादल)लाई निर्देशन दिएका थिए ।



    प्रधानमन्त्रीको निर्देशन पछि गृहमन्त्री थापाले पनि कोरोना संक्रमण बढ्न नदिन लकडाउन नै प्रभावकारी विकल्प भएको र त्यसलाई कडाइका साथ पालना गरिने जनाएका थिए ।नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।

    पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५, तेस्रो पटक वैशाख ३, चोथो पटक वैशाख १५ र पाँचौं पटक वैशाख २५ गतेसम्मका लागि थपिएको थियो ।

    यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ७५ पुगेको छ । कोरोना संक्रमण देखिएका १६ जना उपचार पछि निको भएर घर फर्किएकामा २ जनामा पुन: स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

    भाइरसको महामारीबाट २ लाख ४८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४८ हजार ९४ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार