Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • उपत्यकाभित्र लकडाउनमा कडाइ गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    उपत्यकाभित्र लकडाउनमा कडाइ गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन र सीमा नाकामा थप कडाइ गर्न गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिए लगत्तै उपत्यका लकडाउनमा कडाइ गरिएकाे छ।

    आइतवार लकडाउन केही खुकुलो अनुभव गरेका सर्वसाधरणले सोमवार बिहानैबाट भने थप कडाइ भएको अनुभव गरेका छन्। बिहानैदेखि सडकमा खटिएका सुरक्षाकर्मीले अत्यआवश्यक काम बाहेक हिंँडेका र दौडिएका सवारी साधनलाई नियन्त्रणमा लिएका छन्। सवारी पास भएका सवारी साधनमा पनि अनआवश्यक मानिस भए नभएको समेत चेक गरेर सुरक्षाकर्मीले छोड्ने गरेका छन्।



    प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री थापाले आइतवार नै गृह मन्त्रालयमा बैठक डाकेका थिए। त्यसपछि गृहमन्त्री थापाको नेतृत्वमा बसेको बैठकलले महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका प्रहरीलाई सीमामा पठाइने निर्णय गरेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार