Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एकै दिन १६ जना थपिएपछि कोरोना संक्रमितको संख्या ७५ पुग्यो

    एकै दिन १६ जना थपिएपछि कोरोना संक्रमितको संख्या ७५ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपालमा आज मात्रै १६ जान कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको थियो ।

    तर, त्यसको केहि बेर पछि नै नेपालगञ्जमा नै थप ६ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालय स्रोतको दावी छ ।



    यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ७५ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।



    स्रोतका अनुसार नेपालगञ्जबाट ९० जनाको स्वाब परिक्षण गर्न पठाइएकोमा ६० जनाको जाँच गर्दा १५ जना पोजिटिभ आएको हो । ३० जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

    आज कोरोना संक्रमण देखिएकामध्ये एक जना ७ वर्षिया वालक रहेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार