Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेराेना अपडेट: ६३ हजार बढीको नमूना परीक्षण, ७७ जना आइसोलेसनमा

    काेराेना अपडेट: ६३ हजार बढीको नमूना परीक्षण, ७७ जना आइसोलेसनमा

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार १३ हजार ४ सय १४ जनाको पिसिआर र ४९ हजार ६ सय ८८ जनाको आरडिटिबाट परीक्षण भएको  छ।



    मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ४ सय ९९, प्रदेश २ मा ५ हजार ७ सय ९, बागमतिमा ८ हजार ५ सय १५, गण्डकीमा ५ हजार ८ सय ३४, प्रदेश ५ मा ४ हजार ४ सय ९२, कर्णलीमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिममा १५ हजार ७२ जनाको नमूना परीक्षण भएको छ।



    कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ४ र बाहिर ७३ गरी कुल ७७ जना अस्पतालको आइसोलेसनमा छन्। २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार छपकैयाका एक ३६ वर्षीय पुरुष तथा नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिए। यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार