Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेपालमा काेराेना संक्रमितकाे संख्या ६९ पुग्यो

    नेपालमा काेराेना संक्रमितकाे संख्या ६९ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं। नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। याे सँगै संक्रमितकाे संख्या ६९ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

    मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार छपकैयाका ३६ वर्षीय पुरुष तथा नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिए।



    यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार