Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६९ पुग्याे

    नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६९ पुग्याे

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) काे संक्रमण नेपालगञ्जका ९ जनामा देखिएकाे छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।



    त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । काठमाडौंबाट आइतबार दिउँसो नारायणी अस्पताललाई प्राप्त रिपोर्टअनुसार वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।



    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार