Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘ताप्लेजुङका आगलागी पीडितको पुनःस्थापना गर्न सरकार साथमा छ’

    ‘ताप्लेजुङका आगलागी पीडितको पुनःस्थापना गर्न सरकार साथमा छ’

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन् । आइतबार बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको भन्दै विचलित नहुन आग्रह गरे ।

    आगलागीले क्षति पुगेकामा दुःख व्यक्त गर्दै मन्त्री भट्टराईले तीनै तहका सरकार र स्थानीय समुदायको सहयोगमा पुनःस्थापना गर्ने आश्वासन दिए । ‘तपाईंहरुको पुनःस्थापनामा केन्द्र, प्रदेश र स्थानीय सरकार छ साथै स्थानीय समुदाय सबै छन्, सबैको साथ सहयोग मिल्नेछ,’ उनले भने । ताप्लेजुङ भौगोलिक हिसाबले बाढी पहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा उनले जोड दिए ।



    मन्त्री भट्टराईले पछिल्लो पटक सरकारले विपद् व्यवस्थापनसम्बन्धी लिएका नीति तथा प्रयासले यहाँको मात्रै नभई मुलुकभरकै यस्ता जोखिमका समस्या निराकरण हुनेमा विश्वाससमेत व्यक्त गरे । यता छलफलका क्रममा आगलागीपीडितको प्रतिनिधित्व गर्दै आगलागीपीडित यिगेन्द्र गुरुङले सरकारलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गरे ।



    यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुःखद भएको भन्दै यस प्रकारका घटनाको न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने बताए । आफूहरुको रेकर्डमा समेत यो जिल्ला आगलागीको घटना हुनेमा अग्रस्थानमा रहेको बताए ।

    छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगलागीबाट भएको क्षतिको विवरण पेश गर्दै स्थानीयस्तरबाट जुट्ने राहतका लागि प्रयास भइरहेको बताएका थिए । शुक्रबार भएको आगलागीले यहाँका साना ठूला गरी १० घरमा क्षति पुगेको थियो भने २९ परिवार विस्थापित बनेका छन् । यस्तै ७ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार