Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संसद् बजेट अधिवेशन बोलाउन सिफारिस

    संसद् बजेट अधिवेशन बोलाउन सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । संसदको वजेट अधिवेशन बोलाउन सिफारिस गरिएको छ । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हाे।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।



    सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।



    बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ । संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार