काठमाडौं । पश्चिमा राष्ट्रका मिडियाले गरेको मृत्युको प्रचारलाई झुट सावित गराउँदै उत्तर कोरियाली नेता किम जोङ उन करिब २० दिनपछि सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिट्विट गर्दै खुसी व्यक्त गरेका हुन् ।
ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘म, कम्तिमा पनि म, उनी स्वस्थ्य भएको र फेरि फर्किएको देख्दा खुसी छु ।’
किम स्वस्थ छन् भनेर देखाउन प्रयोग गरिएका शनिबारका तस्वीरहरुमाथि पनि आशंका गरिएको छ । यी तस्वीर उत्तर कोरियाली सरकारी सन्चारमाध्यमले जारी गरेको हो ।
२० दिनअघि देखि किम हराइरहेका थिए । उनको मुटुको शल्यक्रिया गरिएको भनिएको थियो । केहीले त उनको मृत्यु भइसकेको दाबी पनि गरेका थिए ।
त्यसो त किम हराएको यो पहिलो पटक होइन । उनी २०१४ को सेप्टेम्बरमा ४० दिन हराएका थिए । त्यति बेला पनि उनको स्वास्थ्यबारे यस्तै अड्कलबाजी गरिएका थिए । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले किम चाँडै नै सार्वजनिक हुने बताएका थिए। ट्रम्पले किम जिवितै रहेको बताउँदै उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए।
Leave a Reply