Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘अब म राष्ट्रियसभा जान्‍नँ’

    ‘अब म राष्ट्रियसभा जान्‍नँ’

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा प्रवेशको ढोका करिब करिब बन्द भएको छ । शनिबार नेकपाको सचिवालय बैठकमा नेता गौतमले आफैं अब राष्ट्रिय सभामा नजाने बताएका हुन् ।

    यसअघि फागुन १४ मा बसेकोे पार्टीको सचिवालय बैठकले नेता गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रिय सभामा पठाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।



    तर, सचिवालयको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनमा रुचि नदेखाएपछि उक्त निर्णय अलपत्र थियो । यहीबेला नेता गौतमले राष्ट्रिय सभामा नजाने जानकारी गराएको सचिवालयका एक नेताले बताए ।



    नेता गौतमले सुरुमा संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने प्रावधान थपेर राष्ट्रिय सभामा जाने बताएका थिए । उक्त प्रस्ताव पनि ओलीले अस्वीकार गरेपछि पुसमै भएको राष्ट्रिय सभाको चुनावमा गौतम उम्मेदवार भएका थिएनन् ।

    राष्ट्रिय सभामा अब कसलाई पठाउने भन्ने निर्णय अर्को बैठकले गर्ने ती नेताले बताए । नेता गौतमले राष्ट्रिय सभामा नजाने निर्णय सुनाएपछि सचिवालय बैठकले उपयुक्त समयमा उनलाई प्रतिनिधिसभाको चुनाव लडाउने निर्णय गरेको छ । तर, मिति तोकिएको छैन । यसअघि २०७४ को चुनावमा गौतम बर्दियाबाट पराजित भएका थिए । त्यसपछि उनले संसद् प्रवेशको धेरै प्रयास गरे पनि सफल भएको छैन । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार