Online Nepal
  • मंगलबार, १० असार २०८२
  • कोरोनाले पाकिस्तानमा ४३७ जनाको मृत्यु

    कोरोनाले पाकिस्तानमा ४३७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.1K
    SHARES

    पाकिस्तान । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले पाकिस्तानमा हालसम्म ४३७ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा पछिल्लो २४ घण्टामा २० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४३७ पुगेको छ ।

    पाकिस्तानमा एकैदिन ९३० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १९ हजार २२ पुगेको छ । पाकिस्तानमा संक्रमितमध्ये ४ हजार ७५३ जना उपचारपछि निको भएका छन् । १३ हजार ८३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।



    सार्क राष्ट्रमा भारतपछि पाकिस्तानका कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ । यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार