Online Nepal
  • सोमबार, ९ असार २०८२
  • विश्वभर कोरोनाले ५५ जना पत्रकारको मृत्यु

    विश्वभर कोरोनाले ५५ जना पत्रकारको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडाैँ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ५५ जना पत्रकारको मृत्यु भएको छ । महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित स्वास्थ्य सावधानिका पोषाक अभावमा कोरोना संक्रमित भएका ५५ जना पत्रकारको मृत्यु भएको प्रेस अभियान (पीईसी) ले जनाएको छ ।

    पीईसीका अनुसार मार्च १ पछि मृत्यु भएका विश्वका विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा सङ्क्रमण भेटिएको थियो । उनीहरुको उपचारकै क्रममा मृत्यु भएपछि पीईसीले सञ्चारकर्मीहरुलाई काममा लगाउँदा सुरक्षा सतर्कताका न्यूनतम पोषाकको प्रबन्ध गर्न आह्वान समेत गरेको छ ।



    विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् ।

    विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १०१ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाले पछिल्लो समय विश्वकै शक्तिशाली राष्ट अमेरिकालाई सताइरहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार