Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • जर्मनीमा हिजबुल्लाह लडाकू समूहलाई प्रतिबन्ध

    जर्मनीमा हिजबुल्लाह लडाकू समूहलाई प्रतिबन्ध

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जर्मनीले हिजबुल्लाह लडाकू समूहलाई आतंकवादीको सूचिमा राख्दै प्रतिबन्ध लगाएको छ । जर्मनीले हिजबुल्लाहका गतिविधि आपराधिक भएको भन्दै शंकास्पद व्यक्तिहरुमाथि निगरानी पनि बढाइएको जनाएको छ

    जर्मनीमा १ हजार ५० भन्दा धेरै हिजबुल्लाह अतिवादी समूहका मानिसहरु रहेको आकलनसहित उनीहरुको खोजी तीव्र पारिएको जनाइएको छ ।



    अमेरिकाले हिजबुल्लाहका कमाण्डरबारे सूचना दिनेलाई १० मिलियन डलर दिने घोषणा गरेको एक महिना नपुग्दै जर्मनीले पनि हिजबुल्लाहलाई आतंककारीको सूचिमा राखेको हो ।



    लेबननस्थित हसन नसरूल्लाहको नेतृत्वमा सञ्चालित सिया विद्रोही लडाकू समूह हिजबुल्लाहलाई अमेरिकासहित युरोपका देशहरुले आतंकवादीको सूचिमा राख्न थालेपछि अप्ठ्यारो पर्ने विश्लेषण हुन थालेका छन् । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार