Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • किमको मृत्‍यु हल्ला : ट्रम्प सत्य साबित,पश्चिमा मिडिया गलत ठहरिए

    किमको मृत्‍यु हल्ला : ट्रम्प सत्य साबित,पश्चिमा मिडिया गलत ठहरिए

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। पश्चिमा राष्ट्रका मिडियाले गरेको मृत्युको प्रचारलाई झुट सावित गराउँदै उत्तर कोरियाली नेता किम जोङ उन करिब २० दिनपछि सार्वजनिक भएका छन् ।

    मृत भइसकेको सम्मका समाचारहरु बाहिर आइरहेका बेला उत्तर कोरियाली नेता  उन सार्वजनिक भएसंगै पश्चिमा मिडियाहरु फ्लप भएका हुन। किम मे दिवसका दिन हिजो सार्वजनिक भएका हुन् । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले किम तीन हप्तापछि पहिलोपटक सार्वजनिक भएको जनाएको छ ।



    कन्युज एजेन्सी केसीएनएले किम मल उत्पादन कम्पनिको उदघाटनमा सहभागी भएको जनाएको छ । मे दिवस पारेर शुक्रबार उक्त कम्पनिको निर्माण सम्पन्न भई उदघाटन गरिएको उल्लेख छ ।



    कोरियन सेन्ट्रल न्युज एजेन्सीले जारी गरेको रिपोर्ट अनुसार मल उद्योगको रिबन काटेर किमले उद्घाटन गरेका थिए। उनले सुनचन फस्फोटिक मल उद्योगको उद्घाटन गरेलगत्तै उनको तस्बिर बाहिर आएको हो।

    हङकङको स्याटलाइट टेलिभिजन(एचकेएसटिभी)का सह–निर्देशक सिन्झोउले अत्यन्तै विश्वासिलो श्रोतले नेता किमको मृत्यु भएको भन्ने समाचार रिपोर्टिङ गरेको बताएका थिए ।

    दक्षिण कोरियाली गुप्तचर विभागले यो समाचार बाहिर ल्याएको थियो । त्यही आधारमा अमेरिकी गुप्तचर संस्था सीआईएले पनि यसबारेमा सूचना चुहाएको थियो ।

    तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सीएनएनको फेक न्युज भन्दै किम चाँडै नै सार्वजनिक हुने बताएका थिए। डोनाल्ड ट्रम्पले किम जिवितै रहेको बताउँदै उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए। (एजेन्सीसँगको सहयोगमा )

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार