Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कम्युनिस्ट पार्टीको आलोचना गर्ने पत्रकारलाई १५ वर्ष जेल

    कम्युनिस्ट पार्टीको आलोचना गर्ने पत्रकारलाई १५ वर्ष जेल

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 2.6K
    SHARES

    बेइजिङ । चीनमा एक पत्रकारलाई यहाँको सत्तारुढ कम्युनिस्ट पार्टीमाथि आलोचनाकाे माध्यमबाट ‘आक्रमण गरेको’ आरोपमा १५ वर्षका लागि जेल सजाय सुनाइएको छ ।

    चिनियाँ सरकारका आलोचकको रुपमा चिनिने पत्रकार चेन जिएरेनमाथि यस्तो सजाय सुनाइएको हो । जसलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्ध राष्ट्रपति सि जिनफिङको कार्यकालकै कठोर निर्णयको रुपमा व्याख्या गरिएको छ ।



    जब कि, राष्ट्रपति सि ले सरकार र कम्युनिस्ट पार्टीलाई सहयोग गर्न भन्दै मिडियालाई आग्रह गर्दैआएका थिए । पत्रकार चेनले विगतमा कम्युनिस्ट पार्टीको मुखपत्र ‘पिपल्स डेली’का लागि पनि काम गरिसकेका थिए ।



    पछिल्लो समय उनीमाथि झगडा निम्त्याएको र समस्यालाई प्रचारवाजी गरेको आरोप लागेको थियो । चिनियाँ मानव अधिकारवादीहरुले भने पत्रकार चेनलाई निशर्त रिहा गर्न माग गरेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार