Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चिकित्सककाे चरम लापरवाही

    आँखामा चोट लागेका बिरामीलाई आइसोलेसनमा राख्दा दृष्टि गुम्यो

    आँखामा चोट लागेका बिरामीलाई आइसोलेसनमा राख्दा दृष्टि गुम्यो

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 2.6K
    SHARES

    मोरङ । आँखामा चोट लागेका बिरामीलाई कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेसनमा राख्दा उपचार अभावमा दृष्टि गुमेको छ । उदयपुरको बेल्का नगरपालिका-५ की समीक्षा मगरको दृष्टि गुमेको हो ।

    घरायसी काम गर्ने क्रममा वैशाख १२ गते दायाँ आँखामा चोट लागेपछि १३ गते उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याएको समीक्षाका दाजु सनम मगरले बताए ।‘आँखामा लागेको चोटले शरीरमा ज्वरो आएको थियो,’ उनले भने, ‘आँखाको उपचार गराउन आउँदा प्रतिष्ठानका चिकित्सकले ज्वरो आएको आधारमा नै कोरोना भाइरस संक्रमणको आशंकामा बहिनीलाई आइसोलेसनमा राखिदिए ।’



    प्रतिष्ठानले समीक्षालाई आइसोलेसनमा राखेर थ्रोट स्वाबको नमुना लिई परीक्षण गर्‍यो । तर संक्रमण नदेखिएपछि सातौं दिन वैशाख १८ गते डिस्चार्ज गरेको समनले बताए । त्यही दिन आँखाको चिकित्सकले चोट लागेको र समयमा उपचार नभएकाले नानीमा इन्फेक्सन भएको भन्दै विराटनगर आँखा अस्पताल रेफर गरे ।



    विराटनगर आँखा असपतालका मेडिकल सुपरिटेन्डेन्ड डा. रक्षा पन्तले चोट लागेको ७ दिनपछि ल्याएकाले उपचारमा समस्या भएको बताइन् । ‘समयमै उपचार नहुँदा अत्यधिक सुन्निएको छ,’उनले भनिन्, ‘दृष्टि फर्किने/नफर्किने अहिले नै भन्न कठिन छ ।’ तत्काल आँखा सफा गर्नुपर्नेमा ढिलाइ भएको उनले बताइन् ।

    उदयपुरकै एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत समीक्षा फुटबल खेलाडी पनि हुन् । सांग्रिला स्पोर्टिङ क्लब र अखिल नेपाल फुटबल संघले शुक्रबार उनको उपचारका लागि ५० हजार नगद आर्थिक सहयोग गरेका छन् । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार