Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • नेता किम जोङ उन तीन सातापछि सार्वजनिक

    नेता किम जोङ उन तीन सातापछि सार्वजनिक

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 3.5K
    SHARES

    एजेन्सी। उत्तर कोरियाली नेता करिब २० दिनपछि सार्वजनिक भएका छन् । उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले नेता किम सार्वजनिक भएको जानकारी दिएको हो ।

    मृत भइसकेको सम्मका समाचारहरु बाहिर आइरहेका बेला उत्तर कोरियाली नेता किम जोङ्ग उन सार्वजनिक भएका हुन् । किम मे दिवसका दिन हिजो सार्वजनिक भएका हुन् । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले किम तीन हप्तापछि पहिलोपटक सार्वजनिक भएको जनाएको छ ।



    कन्युज एजेन्सी केसीएनएले किम मल उत्पादन कम्पनिको उदघाटनमा सहभागी भएको जनाएको छ । मे दिवस पारेर शुक्रबार उक्त कम्पनिको निर्माण सम्पन्न भई उदघाटन गरिएको उल्लेख छ । तर, उनी सार्वजनिक भएको कुनै तस्बिर बाहिर ल्याइएको छैन ।



    गत ११ अप्रिलपछि नेता किम सार्वजनिक रुपमा नदेखिएपछि उनको स्वास्थ्यलाई लिएर अनेक अट्कल बाहिर आएका थिए । केसिएनएका अनुसार उनले एक रासायनिक मल बनाउने उद्योगको उद्घाटन गरेका हुन् ।

    उनी सार्वजनिक हुँदा त्यहाँ उपस्थित मानिले ‘तालीको गडगडाहट’ ले स्वागत गरेका थिए । केसिएनएका अनुसार नेता किम आफ्नी बहिनी किम यो जोङ र केही वरिष्ठ अधिकारीका साथ उपस्थित भएका थिए ।

    किम सार्वजनिक भएको तस्बिर भने उपलब्ध गराइएको छैन । यसअघि उनी ११ अप्रिलमा पोलिटब्युरोको बैठकमा सहभागी भएका थिए । त्यसपछि लामो समय उन सार्वजनिक नभएपछि स्वास्थ्यलाई लिएर अनेक अट्कलबाजी भएका थिए ।

    बुधबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाली नेता किमको अवस्था आफूहरुलाई जानकारी नरहेको र त्यसबारे अनुसन्धान गरिरहेको बताएपछि थप अन्योलता बढेको थियो ।

    यद्यपि दक्षिण कोरियाली अधिकारीहरुले किम गम्भीर बिरामी भएको भन्ने समाचार सत्य नभएको बताएका थिए । १५ अप्रिलमा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मोत्सवमा सहभागी नभएपछि उनको स्वास्थ्य गम्भीर रहेको समाचार बाहिर आएको थियो । किमको जन्मदिन उत्तर कोरियामा भव्य रुपमा मनाउने गरिन्छ ।

    किम जोङ उन यो कार्यक्रममा हरेक वर्ष उपस्थित हुने गर्दथे । उत्तर कोरियाली नेता यो कार्यक्रममा जसरी पनि उपस्थित हुने गरेकोमा यसवर्ष किम अनुपस्थित भएपछि उनी बिरामी भएको अनुमान गरिएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार