Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ताप्लेजुङको फुङलिङमा भीषण आगलागी

    ताप्लेजुङको फुङलिङमा भीषण आगलागी

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 3.8K
    SHARES

    ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङलिङमा भीषण आगलागी भएको छ । पुरानो बैंक लाइन ट्याक्सी स्टेन छेउमा शुक्रबार रातिदेखि आगलागी शुरु भएको हो । शुक्रबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट ११ वटा पसल रहेको ७ वटा घर जलेर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।निरौलाका अनुसार क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगलागी सुरु भएको दुई घण्टापछि राती १२ बजे आगो निभाइएको थियो ।

    भण्डारी खाजाघर छेउबाट आगलागी सुरु भएको थियो । विभिन्न घर पसलमा सल्र्किदै अहिले उत्तरतर्फ नेपाली कांग्रेस कार्यालय बसेको घरसम्म पुगेको छ। दक्षिणीतर्फ राम चौधरीको घर जेलेर ध्वस्त भइएको छ । चौधरीको घर नजिकै रहेको दुर्गा ढुङ्गानाले संचालन गर्दै आएको डेरी आंशिकरुपमा जलेको छ । बासिन्दाले डेरी भत्काएर आगो निभाउने प्रयास गरेका छन्



    कांग्रेस कार्यालय रहेको घरमा लागेको आगो दमकलले निभाउने प्रयास गरिरहेको छ। यसअघि सदरमुकामको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्यां अनुसार सबै आगलागी हिउँद याममै भएका हुन । प्रहरीको तथ्यांकअनुसार आगलागिबाट सबैभन्दा बढी क्षति २०६० चैत १५ गते साँझ वीरेन्द्र चोकको आगलागीमा भएको थियो । त्यतिबेला ४५ घर जल्दा ५१ करोडभन्दा बढीको क्षति भएको थियो ।



    २०७३ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जले, ४१ करोडभन्दा बढीको क्षति भएको थियो । २०६८ मा शेर्पाटोल र ६९ सालमा टुक्रे बजारमा आगलागी भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोडभन्दा बढीको क्षति भएको उद्योग वाणिज्य संघले जनाएको छ ।

    वीरेन्द्रचोकको आगलागी टुकी बत्तीबाट भएको थियो । तोक्मेमा होटलमा रक्सी झान्दा आगलागी सु्र भएको थियो भने टुक्रेमा रोटी पकाउदा र शेर्पाटोलमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार