Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतमा ‘जोन’ छुट्टाएर लकडाउनको अवधि बढाइयो

    भारतमा ‘जोन’ छुट्टाएर लकडाउनको अवधि बढाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 3.8K
    SHARES

    तस्बिर: पीटीआई

    काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको संख्या बढ्न थालेपछि लकडाउनको अवधि मे १७ सम्म लम्ब्याउने निर्णय गरिएको छ ।  भारतको गृहमन्त्रालयले शुक्रबार दुई साताको लागि लकडाउन बढाइएको हो ।

    लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन भने ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइने वताइएको छ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा छन् ।भने उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेड जोन’ घोषणा गरिएको छ ।



    २८४ ‘अरेन्ज जोन’मा परेका जिल्लामा पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहनेछ । तर, यी क्षेत्रमा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छूट हुनेछ ।



    भारतमा ३५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोना भाइरसबाट भारतमा एक हजार १५२ जनाको ज्यान गएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ७५ जनाले ज्यान गुमाएका छन्।  सार्क मुलुकमा भारत सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा रहेको छ । विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार