Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा 'जोन' छुट्टाएर लकडाउनको अवधि बढाइयो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको संख्या बढ्न थालेपछि लकडाउनको अवधि मे १७ सम्म लम्ब्याउने निर्णय गरिएको छ ।  भारतको गृहमन्त्रालयले शुक्रबार दुई साताको लागि लकडाउन बढाइएको हो ।

लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन भने ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइने वताइएको छ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा छन् ।भने उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेड जोन’ घोषणा गरिएको छ ।

२८४ ‘अरेन्ज जोन’मा परेका जिल्लामा पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहनेछ । तर, यी क्षेत्रमा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छूट हुनेछ ।

भारतमा ३५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोना भाइरसबाट भारतमा एक हजार १५२ जनाको ज्यान गएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ७५ जनाले ज्यान गुमाएका छन्।  सार्क मुलुकमा भारत सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा रहेको छ । विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077