Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रदेश नं २ मा दुई हजार ३ सय १० को स्वाब नमूना सङ्कलन

    प्रदेश नं २ मा दुई हजार ३ सय १० को स्वाब नमूना सङ्कलन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 2.2K
    SHARES

    जनकपुरधाम। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेश नं २ मा आज ९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।

    यो सँगै अहिलेसम्म प्रदेशमा दुई हजार ३१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । तीमध्ये एक हजार ४४५ जनाको नमूना परीक्षण गर्दा एक हजार ४३३ जनाको नतिजा नेगेटिभ आएको छ भने ८६५ जनाको नतिजा आउन बाँकी रहेको यहाँ आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।



    उहाँका अनुसार यो प्रदेशका कोरोना सङ्क्रमित १२ जनामध्ये चारजना उपचार गराई घर फर्किसकेका छन् भने आठजनाको उपचार भइरहेको छ । यो प्रदेशभित्र विगत २४ घण्टामा आरडिटी परीक्षण नभएको र सोभन्दा पहिले पाँच हजार ९१ जनाको परीक्षण गरिएको उहाँले बताए ।



    यस प्रदेशअन्तर्गतका विभिन्न क्वारेन्टाइनमा एक हजार ३७२, होम क्वारेन्टाइनमा चार हजार ५८७ र आइसोलेशनमा २५ जना बसेका छन् । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार