Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • स्वास्थ्यमन्त्री ढकालको संकेत: वैशाख २५ पछि लकडाउन खुकुलो पारिन्छ

    स्वास्थ्यमन्त्री ढकालको संकेत: वैशाख २५ पछि लकडाउन खुकुलो पारिन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । काेराेना भाइरसका कारण जारी लकडाउन वैशाख २५ गतेपछि केही खुकुलो पारिने संकेत स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गरेका छन् ।

    शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् ।



    मन्त्री ढकालले सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेको उल्लेख गर्दै सरकारले पनि त्यस विषयमा आन्तरिक गृहकार्य गरिरहेको बताए ।



    कृषि, उद्योग धन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने मन्त्री ढकालको भनाइ छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार